Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन प्रधानमन्त्रीको आग्रह


काठमाडौं—प्रधानमन्त्री केपीशर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन् । मधेस प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्तिहुने भएकाले गरिबीका अगाडि अरू अधिकारको कुनै अर्थ नहुने बताए ।

संविधानले प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सहीउपयोग गर्न सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, नीतिनिर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताए।

उनले मधेस प्रदेश सम्भावनै सम्भावनाहरूको उर्बर भूमि कृषिका लागि उपयुक्त हुने र चुरेक्षेत्र जडिबुटी, जङ्गलदेखि पानीको अपार स्रोत रहेको बताए । सुनकोसी डाइभर्सन आयोजनाजस्ता कार्यक्रमले मधेसमा सिँचाइभई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यस पहडा र तराईबीचको एकता भाव सृजना गर्ने उल्लेख गरे ।