Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

घटेन वायु प्रदूषण : काठमाडौं विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा, पानी पर्ने पूर्वानुमान


काठमाडौं । काठमाडौँ उपत्यकामा आज पनि वायु प्रदूषण उच्च छ।

‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वमै दोस्रो स्थानमा रहेको छ। वायु प्रदूषणमा भारतको राजधानी नयाँ दिल्ली विश्वकै पहिलो स्थानमा छ भने काठमाडौं दोस्रो र पाकिस्थानको लाहोर तेस्रो स्थानमा छ।इन्डेक्सका अनुसार आज बिहान काठमाडौँको समग्र वायु गुणस्तर सूचकांक एक्यूआई २०४ छ।

प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले २४९ छ।शुक्रबार र शनिबार काठमाडौँ उपत्यकामा हावा चलेकाले प्रदूषण केही घटे पनि खतरा टरेको छैन।चिकित्कसहरुले काठमाडौँको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको भन्दै सजगता अपनाउन आग्रह गरेका छन् ।


यसैबीच, देशमा आउँदो मंगलबारदेखि पानी पार्ने न्यूनचापीय प्रणालीको प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।भारतमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव मंगलबारदेखि नेपालमा पनि देखिने महाशाखाका मौसमविद्को भनाई छ ।