Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

राजावादीको हिरासत दैनिकी, तनावमा धवल–रविन्द्र,२५ दिननै थुन्ने ? (भिडियो)


काठमाडौं । ‘मौरीको संगतले महमा पुगिन्छ,झिगाको संगतले फोहोरमा’, अराजक र उद्दण्ड दुर्गा प्रसाईंको पछि लागेर केही मानिस प्रहरी खोरमा पुगेका छन् । राजा फर्काउने भन्दै चैत १५ गते तीनकुने पुगेका मध्ये करिब १६० जना राजावादीहरु अहिले हिरासतको चिसो हावा खाइरहेका छन् ।

स्याउ, सुन्तला र रक्सी चोरदेखि व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी गर्नेहरुलाई प्रहरीले स्क्रिनिङ गर्दैधमाधम पक्राउ गरेर विभिन्न मुद्दाहरु चलाउने तयारी गरेको छ । भिडलाई उत्तेजित भाषण गरेर भड्काएको आरोपमा राप्रपाका महामन्त्री धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र पनि विगत ८ दिनदेखि प्रहरीको हिरासतमा छन् । नेतृत्वकर्ताले भिडलाई संयमित बनाउने, नियन्त्रण गर्नेभन्दा पनि धवल र मिश्रले झनै उत्तेजित बनाएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस्तै तीनकुनेमा भएको प्रदर्शनको मुख्यनाइके दुर्गा प्रसाईंभने भाँडभैलो मच्चाएर फरार छन् ।

गत शुक्रबार पक्राउ परेकाहरुलाई आइतबार जिल्लाअदालत काठमाडौंबाट अनुसन्धानका लागि प्रहरीले पहिलो पटक पाँचदिन हिरासतमा राख्ने अनुमति पाएको थियो । बुधबार पुनः दोस्रो पटक ६दिनका लागि म्याद थप भएको छ । प्रहरीले मिश्र र जबरासहित११ जनाविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान गरिरहेको छ ।

यस्तै, आपराधिक उपद्रव र संगठित अपराधमा ४१ जनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मिश्र र जबरालाई अस्पताल बस्ने सुविधा दिइएपनि उनीहरुले त्योे नलिने भन्दै हिरासतमै बसेका छन् ।प्रहरीले पक्राउ परेकाहरुलाई उनीहरुको घटनामा संलग्नताको गम्भीरता हेरेर सोहीअनुुसार मुद्दा अगाडि बढाउने तयारी गरेको छ ।

बाँकि भिडियो सहित