काठमाडौं । प्रहरी गुलामी र सलामीमै सिमित भएको आरोपकाबीचअर्को घटनाले अझबद्नाम बनेको छ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टिका सभापतिरवि लामिछाने पक्राउगर्न प्रहरीले देखाएको अतिरिक्त सक्रियताले यो अवस्थासिर्जना गरेको हो ।
उच्चअदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई शुक्रबार रातिथुनामा पठाउन आदेश दियो । लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर हुँदा निर्णय सार्वजनिक गर्दा नै साँझ साढे ७ बजे बजेको थियो ।यता प्रहरीले पनि आदेश हेरेपछि मात्रै रविलाई पक्राउ गर्ने प्रतिक्रिया दिएको थियो । तर प्रहरीले यतिधेरै सक्रियता देखायोकी जसको औचित्य पुष्टि गर्ने आधार नै छैन् ।
अझ लामिछानेलाई समात्न पौने ९ उनको वेडमै पुगेको प्रहरी टोलीसँग पक्राउ पुर्जी समेत थिएन् । रास्वपा नेताहरुले प्रश्न उठाएपछि हतारहतार हस्तलिखित पक्राउपुर्जी प्रहरीले तयार गर्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी दीपक खड्काले रविको अन्तिम ईच्छा नै सोधेकाथिए । एकचोटि गल्तीहुने सक्ने अवस्था भए पनि गल्ती स्विकार्न भन्दा अड्डी कसेकाउनले रविमाथि दवाव दिन खोजेको र दुव्र्यवहार गरेको प्रष्ट छ ।
हुन त प्रहरीमाथि तिनकुने घटनामै प्रश्नछ ।आफ्नो गल्ती छोप्न भ्याईनभ्याईको अवस्था रहँदा डिसपी खड्का तीनै प्रहरी अधिकारी हुन् जो महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा रहँदा आचारण विपरित काम गरेको भन्दै काठमाडौँ प्रहरी परिषर तानिएका थिए । यसबाहेक रविकै मुद्धा सधै फास्ट ट्रयाकमा पर्नु,चितवनमा सम्बोध नगर्नु अघि नै फैसला आउनु र प्रहरीले सक्रियता देखाउनु जस्ता कार्यले समेत उनको पक्राउमा प्रश्न छ ।
बाँकि भिडियो सहित
प्रतिक्रिया