Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच आज भेटवार्ता हुँदै


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गरेपछि ओलीले मोदीलाई भेट्ने कार्यक्रम तय भएको छ ।

भेटवार्ता सम्मेलनको दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे हुनेछ । बैङ्ककस्थित होटेल साड्ग्रिलामा भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका छन् ।