Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा


काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा परेको छ ।

स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको छ । काठमाडौंको वायु प्रदूषण आज बिहान २१६ एक्यूआई मापन भएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।

बंगालको खाडी र अरब सागरबाट मौसम फेरबदल गराउने विकसित प्रणालीकोे तत्काल सम्भावना नरहँदा आगामी एक सातासम्म पानी पर्ने सम्भावना न्यून रहेको मौसमविदहरुले बताएका छन् । पानी नपर्दा डढेलो र प्रदुषण बढ्ने हुँदा सतर्कता अपनाउन विज्ञहरूले सुझाब दिएका छन् ।