Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

म्यानमारमा भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या १६ सय नाघ्यो


म्यानमारमा शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १६ सय नाघेको छ । २ हजार ३ सय ८९ जना घाइते तथा ३० जना बेपत्ता रहेको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ ।

उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको मन्डाले क्षेत्रमा १ हजार ५ सय ९१ घरमा क्षति पुगेको छ । म्यानमारको सागिङ सहरको उत्तर–पश्चिममा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसको केही मिनेटमा सोही क्षेत्रमा ६ दशमलव ४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।म्यानमारमा सन् २०२१ मा सेनाले ‘कु’ गरी सत्ता हत्याएको थियो । सैन्य सरकारले देशभित्रका सूचना सार्वजनिक गर्न कडाइ गर्दै आएको छ । जसले गर्दा भूकम्पबारेको वास्तविक विवरण प्राप्त हुन कठिन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघसहित विश्व समुदायले राहत सहयोग घोषणा गरेका छन् । राष्ट्रसंघले राहत प्रयास सुरु गर्न ५० लाख डलर छुट्याएको छ । दक्षिण कोरियाले अन्तर्राष्ट्रिय संस्थामार्फत २० लाख डलर बराबरको मानवीय सहायता प्रदान गर्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सक्दो सहयोग गर्ने बताएका छन् ।