Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

हेर्दाहेर्दै तीनकुने रणभूमि, दुर्गाले यसरी पेले प्रहरी, लुटपाटदेखि आगजनीसम्मको दृष्य


राजावादीको आन्दोलन स्थल काठमाडौंको तीनकुने क्षेत्र दिनभर तनावग्रस्त बन्यो । निषेधित क्षेत्र तोड्ने प्रदर्शनकारीको प्रयासले स्थिति भड्किँदा प्रहरीले हवाई फायर गर्न बाध्य बनेको थियो । यसका साथै निजी भवन तथा घरसमेत प्रदर्शनकारीको निसानामा पर्दा के के भयो त तीनकुनेमा दिनभर ?

शुक्रबार दिनभर राजावादीको प्रदर्शन उग्रबन्दा तीनकुने क्षेत्र तनावग्रस्त बन्यो । राजावादी समर्थकले प्रदर्शनका क्रममा व्यक्तिका घरसमेत तोडफोड गरे। शुरुमा घरभित्रका कागजात बाहिर निकालेर जलाएका उनीहरुले व्यक्तिका निजी घरमै आगजनी गरेर अराजकता प्रदर्शन गरे ।सो क्षेत्रमा बिहानैदेखि उच्च संख्यामा सुरक्षाकर्मी खटिएका थिए । विशेषत उनीहरुको ध्यान आन्दोलकारीलाई संसद भवनतर्फ अघि बढ्न रोक्नेमै केन्द्रित थियो ।

यही कारण पहिलो चोटी प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलको स्थिति सिर्जना भयो । केही समय पछि आन्दोलनका कमान्डर दुर्गा प्रसाईं नै प्रहरीको सुरक्षा घेरा तोड्न सुरक्षाकर्मीलाई पेल्दैगाडीमा अघि बढेपछि अवस्था तनावग्रस्त बन्न पुगेको थियो । प्रसाईं अरुलाई समेत निषेधित क्षेत्र तोड्न उकास्दै प्रहरीनै पेलिने गरेर अघि बढेका थिए ।

यसैबीच राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिए भने प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्याससमेत प्रयोग गरेको थियो ।जहाँ अश्रुग्यास प्रहार भएका कारण निजी घरमा आगजनी गरेको आन्दोलनकारीको दाबी थियो । लगत्तै उनीहरु अन्नपूर्णपोष्टको कार्यालयमा प्रहार गर्न पुगेका थिए । यस्तै कान्तिपुर टेलिभिजनको कार्यालयमा समेत आन्दोलनकारीले ढुंगा प्रहार गरे ।यही बीचमा आगो नियन्त्रण गर्न आएको दमकलमाथि नै आन्दोलकारीले ढुंगामुढा गरेका थिए ।

यस्तै आलोकनगरस्थित एकीकृत समाजवादी पार्टीको कार्यालय र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा पनि आगजनी र तोडफोड भएको छ । त्यस्तै सरकारी गाडीमा आगजनी गर्ने र पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा आक्रमणको प्रयाससमेत भयो । ठूलो संख्यामा नभएपनि उनीहरु आक्रामक देखिँदा एक प्रदर्शनकारीले त प्रहरीको बन्दुक नै खोसेका थिए । त्यस्तै सुरक्षाकर्मीमाथि प्रहार गर्ने र निसाना बनाउने कामसमेत प्रदशनकारीले गरेका थिए ।

यता राजसंस्था पक्षधरहरूको आन्दोलनले निम्त्याएको अवस्था तनावग्रस्त बनेपछि तीनकुनेमा प्रहरीले गोलीसमेत चलाएको थियो । अश्रुु ग्यास, पानीको फोहोराले समेत काम नगरेपछि हवाई फायर गरेको प्रहरीले अन्ततः गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर केही प्रदर्शनकारी घाइते भएका छन् । यस्तै झडपका क्रममा प्रदर्शनकारीका साथै केही सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।जहाँ राप्रपा अध्यक्षराजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापाका साथै बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायत नेता भने घरै बसे भने महामन्त्री धवलशमशेर राणा भने माहोल भड्काउन लागि परेका थिए । अर्थात तितरवितर भइसकेकाहरुलाई एकीकृत गर्ने र भिडाउने काम उनैले गरेका थिए । यसको अर्थ यो घटनाक्रमको जिम्मवारीबाट राप्रपासमेत अछुतो रहने अवस्था छैन ।

हुन त सरकारले समेत यो स्तरको उद्धण्ड आन्दोलन होला भन्ने आकलन गरेको थिएन । आन्दोलनकारीकै हाराहारीमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरी आवश्यक सतर्कता अपनाइए पनि स्थिति नियन्त्रणभन्दा बाहिर जाँदा तीनकुने क्षेत्र एकाएक अशान्त बन्न पुगेको थियो ।तर प्रधानमन्त्री केपी शर्मा ओली सानातिना आन्दोलन भइरहने भन्दै हियाउने बाटोमै अघि बढे । जहाँ समाजवादी मोर्चाको आन्दोलनसमेत यही दिन हुनु र त्यसमा नेताहरुले दिएको अभिव्यक्तिले समेत उत्तेजनाको काम गरेको पक्का छ ।

जहाँ विवादित गुरुहरुको समेत उपस्थिति तथा निर्मलनिवासनै पुगेर जिम्मेवारी लिएर आएका प्रसाईंका कारणपनि माहोल तातिने पूर्वानुमान गर्न सकिने अवस्था थियो । त्यसलाई कमजोर आँक्दा सरकार सुरक्षा व्यवस्था मजबुत बनाउन चुक्यो भने आन्दोलन यतिमै रोकिने अवस्था देखिँदैन । बरु राप्रपाले चैत२६ मा बागमती प्रदेशस्तरीय प्रदर्शन राखेको छ ।त्यस्तै वैशाख८ गतेदेखि देशव्यापी आन्दोलन चर्काउने राप्रपा नेताहरूले दाबी गरेका छन् ।यसले साँढेको जुधाई बाच्छाको मिचाई हुने अवस्था बन्दै गएको छ ।