समाजवादी मोर्चा, नेपालको बैठक सुरु भएको छ । नेकपा एसको कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।
बैठकमा शुक्रबार मोर्चाले काठमाडौंमा गरेको जनसभाको समीक्षा हुने नेताहरूले बताएका छन् ।
शुक्रबार राजावादीले गरेको प्रदर्शन र त्यसको असरबारे छलफल गर्दै बैठकले मोर्चाको आगामी रणनीति पनि तय गर्ने बताइएको छ ।
प्रतिक्रिया