काठमाडौं—नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसको पूर्ण समर्थन रहेको बताएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोईरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेला देखिको साथी भएको बताए ।
उनले आफूहरुबीच राजनीति फरक ठाउँमा रहे पनि मित्रवत भावना रहेको बताए । सभापति देउवाले स्व. गिरिजाप्रसाद कोईराला निडर व्यक्ति रहेको बताए ।
प्रतिक्रिया