Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

श्रमिकलाई तोकिएको न्यूनतम पारिश्रमिक अनिवार्य दिन विभागले गरायो सचेत


श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका लागि तोकिएको न्यूनतम पारिश्रमिक अनिवार्य दिन सबै उद्योग/प्रतिष्ठानलाई सचेत गराएको छ ।

कतिपय उद्योग/प्रतिष्ठानले तोकिएको पारिश्रमिक नदिएको गुनासो/उजुरी आएको भन्दै विभागले न्यूनतम पारिश्रमिक अनिवार्य दिन भनेको हो ।

सरकारले १ साउन २०८० देखि लागु हुने गरी मासिक न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको छ । यो चिया बगान बाहेक सबै श्रमिकको हकमा लागु हुन्छ ।

श्रमिकको दैनिक न्यूनतम पारिश्रमिक ६ सय ६८ र प्रतिघण्टा पारिश्रमिक ८९ रुपैयाँ हुन आउँछ । चिया बगानका श्रमिकका हकमा भने मासिक पारिश्रमिक १३ हजार ८ सय ९३ र दैनिक ५ सय रुपैयाँ छ ।