Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

रौतहटमा हावाहुरी र असिनापानीले अन्नबालीमा क्षति


रौतहटको विभिन्न ठाउँमा आज बिहान परेको हावाहुरी र असिनापानीले अन्नबालीमा क्षति पुगेको छ ।

हावाहुरीसहितको असिनापानीले किसानका मकै, गहुँ, ढलेका छन् भने पाकिसकेको गहुँमा बढी क्षति पुगेको छ । क्षतिको विवरण र क्षतिपूर्तिका लागि किसानले सरकारसँग माग राखेका छन् ।

अहिलेसम्म कुन पालिकामा कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कृषि ज्ञान केन्द्र गौरले पनि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिएको छ ।।