Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

पालिका अध्यक्ष पक्राउपछि डोम परिवार विस्थापित


दीपक मरिक डोमको परिवार विस्थापित भएको छ । गाउँपालिका अध्यक्षका आफन्तसहित समर्थकको धकधम्की गालीगलोजबाट रातिदेखि दीपक मरिक डोमसहित उनको परिवार विस्थापित भएको हो ।

विष्णु महायज्ञको नाममा गत फागुन १० गते औरही गाउँपालिका ५ स्थित रहेको दीपकको घर डोजर लगाएर भत्काएको थियो । घटना सार्वजनिक भएपछि त्यसमा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

पालिका अध्यक्ष पक्राउपरेपछि तिमीहरुकै कारणले मेरो बुबा पक्राउ परेको भन्दै पालिका अध्यक्ष शिवजी यादवका छोरासहित केही स्थानीयहरु राति दीपकको घरमा पुगेर गालीगलोज तथा धम्की दिएका थिए । त्यसपछि त्रासको कारण दीपक र अनिता राति नै वडा नम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा शरण लिएका छन् ।

उनका छोराछोरीहरु राति औरहीचौकीमा शरण लिएका छन् ।

‘साँझ पालिका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि उहाँका छोरा रुकेशले केही महिलाहरुसहित आएर धाकधम्की र गालीगलोज गरे । मेरी श्रीमती अनितालाई हिंड्न दबाब दिए । अनुसरक्षित महसुस भएपछि अनिता कवुलीकाकाको घरमा आइन् । म पनि यतै बसेको छु’,उनले भने, ‘मेरोबालबच्चा औरही प्रहरीचोकीमा राति बिताए ।’

पालिका अध्यक्ष पक्राउ परोको विरोधमा उनका आफन्त र समर्थक राति जिल्ला प्रहरी कार्यालय सिरहामा ढुंगामुढा गरेका छन् । उनीहरुले पालिका अध्यक्ष र पूर्ववडाध्यक्षको रिहाइको माग गरेका छन् । त्यस क्रममा प्रहरीले लाठीचार्ज गर्दा केही व्यक्ति सामान्य घाइते समेत भएका छन् ।

आगामी चैत १७ गतेदेखि श्री श्री १०८ विष्णु महायज्ञको लागि डोम परिवारको घर डोजर लगाएर भत्काइएको थियो । त्यहाँबाट दुई फिट माटो समेत फालिएको थियो । विजुली र पानी सुविधा नरहेको एकान्तम दिपकलाई फुसको घर बनाएर सारिएको छ । त्यहाँ वर्षाको बेला बाढीको भेल बग्छ ।