आठ महिनामा सरकार ढाल्ने किसिमका आठभन्दा बढी खड्को टारेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को सकस पार गरेका छन् । राजावादीको सक्रियता र त्यसैमा खेलेको देशी विदेशी शक्तिबाट चेपुवामा परेको उनी बच्न सफल भएका हुन् । यद्यपि,यसमा प्रचण्ड र देउवामा देखिएको आँटको कमीले काम गर्दा कसरी बच्यो सरकार ? कस्ता थिए घटनाक्रम ?
सत्तामा गएकै दिनबाट खड्गोमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो सकसबाटसमेत बचेका छन् । राजावादीले तताएको माहौलकाबीच भारत र विपक्षीले खेलेको खेलले चेपुवामा परेका उनी त्यसबाट निकास निकाल्न सफल भएका हुन् । जहाँ राजावादी तातिएपछि राष्ट्रिय सहमतिको सरकारदेखि सत्ता समीकरण फेरबदलसम्मको कसरत चलेको थियो । त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युद्धस्तरमा लाग्दा कांग्रेसभित्रैपनि बहस चलेको थियो ।
जहाँ राजावादीलाई तताउने काममा भारत लागेको तथा त्यसको उद्देश्य ओलीलाई थ्रेड दिनु भएको विश्लेषण हुँदै आएको थियो । फलतः परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा दक्षिणको बुझाई बुझ्न र ओलीसँगको सम्बन्ध सुधारको प्रयासका लागि भारत गएकी थिइन । जहाँ ओलीको भ्रमणको निम्तो ल्याउन सफल नभए पनि उनले भारत नेपालमा सत्ता परिवर्तनको पक्षमा नभएको खबर लिएर आइन् । यसले ओलीका लागि सकस कटेको प्रष्ट हुँदा आरजुको उद्देश्यसमेत उनकै मुखबाट बाहिरिएको छ ।
यो बीचमा भारतलेसमेत एक धक्का दिन खोजेको थियो । जसले प्रचण्डसमेत हौसिँदा उनले राजावादी र सरकार दुवैलाई लपेट्ने रणनीति अघि सारे । भित्रभित्रै भने नयाँ समीकरणको प्रयासमा लागेका उनले माधवकुमार नेपालको साथ लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अफर नै गरेका थिए । तर भारतको चाहना बुझेको तथा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल खुलमलटार पुगेको थाहा पाएका देउवा त्यसका लागि अघि सरेनन् ।
यसले माहोल बिगार्ने सोचेर देउवाले उल्टै प्रचण्डलाई अफर गरे । तर ओलीसँग मिलनको बाटो नभएको तथा देउवालाई नेतृत्व नदिई नयाँ विकल्प तयार नहुने उनले समेत बुझेकै छन् । यद्यपि देउवाको दूतको यो संकेतले अवस्था केही सकारात्मक रहेको बुझेका प्रचण्डले पनि ओलीसँगको सम्पर्क नै टुटाएका छन् । अर्थात देउवालाई साइजमा ल्याउन प्रचण्ड ओली भेटाउने खरेलको सपना प्रचण्डकै कारण पूरा हुन सकेन । ओलीले संसदबाटै यसको प्रष्ट संकेत गरिसकेका छन् ।
हुन त ओलीलाई बोक्न नसक्ने,आफैँ नेतृत्वमा जान नसक्ने अनि देउवा नमान्ने अवस्थाले प्रचण्डलेसमेत सफलता पाउन भने सकेनन् । तर त्यसपछि बालुवाटार बैठकमै उनले बिरामी भएको भनेर सहभागिता जनाएनन् । जब कि त्यसको भोलिपल्टैबाट चितवन हुँदै तराई यात्रामा गएपछिउनको बहानामा प्रश्न उठी सकेको छ । जसले ओलीसँग सम्पर्कमा नबस्ने प्रचण्डको बहाना भएको प्रष्ट हुँदा नयाँ समीकरणको वातावरण सहज होस् भन्नकै लागि उनले आफू प्रधानमन्त्रीको दौडमा नरहेको भन्दै मैदान खाली भएको फेरि प्रष्ट पारेका छन् । २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने दौडमा नरहने जिकिर गरेका उनले आफू २०८४ सम्म जनताकै साथमा रहने दाबी गरेका छन् ।
मूख्यकुरा त देउवालाई प्रधामन्त्री नबनाउने भारतको इच्छाले समेत सरकार तलमाथि हुन नपाएको एकाथरीको बुझाइ छ । अन्यथा यो सरकार प्रति डा.शेखर कोइराला र कांग्रेस महामन्त्री गगन थापाले नै प्रश्न उठाँउदै आएका छन् । त्यस्तै परराष्ट्रमन्त्री डा. राणाको प्रयास एकपछि अर्को असफल हुँदै गएपछि यो सत्ता सहकार्य गर्न नसकिने मतसमेत कांग्रेसमा बलियो हुँदै गएको छ । उता यही कारण परराष्ट्रमन्त्रीमाथि एमालेले दवाव बढाएको अवस्था रहँदा आक्रामक प्रचण्डको शैलीले पनि सधैँ सरकार संयोगले बाच्ने अवस्था भने छैन ।
प्रतिक्रिया