Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अन्तर्राष्ट्रिय

फेरि चकिर्यो हमास र इजरायल युद्ध, ट्रम्पले गराएको युद्धविराम अलपत्र


प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलको तेल अभिभमा तीन वटा रकेट प्रहार गरेकोे छ । इजरायलले गाजामा पुनः सैन्य आक्रमण सुरु गरेपछि हमासको यो पहिलो जवाफी हमला हो । योसंगै इजरायल–हमास युद्ध फेरि चर्किएको छ ।

गएको ७ अक्टोबर २०२३ मा एक्कासी इजरायलको किबुच क्षेत्रमा आक्रमण गरेपछि प्यालेस्टिनी अतिवादी समूह हमास मात्र चर्चामा छैन । सिङ्गो विश्व नै यसको बाछिटाबाट पुग्ने हानीका कारण त्रसित छ । हमासको आक्रमणबाट इजरायलमा १२ सयभन्दा बढी मारिएका थिए भने साढे २ सयभन्दा बढी अपहरणमा परेका थिए ।

७ सेप्टेम्बरको आक्रमणसँगै इजरायलले हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा भीषण आक्रमण सुरु ग¥यो । ती आक्रमणमा करिब ४९ हजार प्यालेस्टिनीले ज्यान गुमाएका छन् । १ लाख १० हजारभन्दा बढी घाइते भइसकेका छन् । इजरायलतर्फ पनि करिब १४ सय जनाको ज्यान गएको छ । गाजाका ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् भने २० लाखभन्दा बढी स्थानीय विस्थापित भएका छन् । यही घटनालाई लिएर विश्व दुई ध्रुवमा बाँडिएको छ । अमेरिका, बेलायत, जर्मनी लगायत पश्चिमा शक्ति राष्ट्रहरू खुलेआम इजरायलको पक्षमा उभिएका छन् भने सैन्य सहयोग पनि गरिरहेका छन् ।

हमासलाई आतङ्ककारी सङ्गठन मान्दै आएका उनीहरूले इजरायलको जवाफी हमलालाई ‘प्रतिरक्षा अधिकार’ का रूपमा व्याख्या गरिरहेका छन् । अर्कोतर्फ मुस्लिम राष्ट्रहरूले हमास आक्रमणको जवाफ भन्दै गरिएको कारबाहीबाट गाजाका जनताको नरसंहार हुन नसक्ने बताएर इजरायललाई पछि हट्न सुझाइरहेका छन् ।

तर पनि इजरायली सुरक्षाकर्मीले झिङ्गा जति पनि दया नराखी प्रत्येक दिन प्यालेस्टिनीमाथि निर्मम रुपमा प्रस्तुत भइरहेको छ । र, इजरायलका गोत्रियाहरू यसमा गर्व गरिरहेका छन् । इजरायलको यो अत्याचारलाई हमासले पनि तीन वटा मिसाइलबाट जवाफ फर्काएको छ । इजरायलले गाजामा पुनः सैन्य आक्रमण सुरु गरेपछि हमासको यो पहिलो जवाफी हमला हो । तर, इजरायलले ती तीनमध्ये एउटा क्षेप्यास्त्रलाई रोकेको थियो । बाँकी क्षेप्यास्त्र कोही नभएको ठाउँमा खसेको बताइएको छ । गएको मंगलबार इजरायलले पुनः युद्ध सुरु गरेपछि २०० भन्दा बढी बालबालिकासहित कम्तीमा ६ सय जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार इजरायली सेना (आईडीएफ)ले प्यालेस्टिनी क्षेत्रमा भूमिगत कारबाही सुरु गरेको छ । जनवरीमा इजरायल र हमासबीच युद्धविराम सुरु भएपछि गाजामा राहत मिलेको थियो । तर, पछिल्ला आक्रमणपछि स्थिति पहिलेजस्तै बन्दै गएको छ । अस्थायी युद्धविराम र बन्दी आदानप्रदानका क्रममा हमासले हालसम्म १ सय ३९ बन्दी मुक्त गर्नुका साथै ८ शव हस्तान्तरण गरिसकेको छ । इजरायली सेनाले गरेका कारबाहीमा ८ बन्दीलाई मुक्त गराउनुका साथै ४१ शव बरामद गरेको छ । हमासको नियन्त्रणमा अझै ५९ जना बन्धक छन् । तीमध्ये ३५ जनाको ज्यान गइसकेको छ । हमासको नियन्त्रणमा रहेकामा १३ जना इजरायली सेना हुन् । तीमध्ये ९ जनाको ज्यान गइसकेको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ । ५ जना गैरइजरायली छन् ।

तीमध्ये ३ जना थाई, १ नेपाली र १ तान्जानियाली नागरिक छन् । यी पाँच जनामध्ये नेपाली युवा विपिन जोशी र १ थाई नागरिक जीवितै रहेको दाबी गरिएको छ । १५ महिना लामो युद्धपछि इजरायल र हमास गत १५ जनवरीमा युद्धविराम सम्झौताका लागि सहमत भएका थिए । १९ जनवरीदेखि कार्यान्वयनमा आएको सम्झौताको पहिलो चरणमा ३३ इजरायली र ५ थाई बन्दी मुक्त भएका थिए ।

त्यसको बदलामा इजरायलले १९ सय प्यालेस्टिनीलाई रिहा गरेको छ । अरब देश र अमेरिकाको पहलमा मध्यपूर्वमा युद्धविराम हुँदा लामो समयदेखि अशान्त सो क्षेत्रले राहत महसुस गरेको थियो । गाजामा शान्ति छाउने विश्वासका साथ विस्थापित भएका लाखौँ प्यालेस्टिनीहरु घर फर्केका थिए । तर उनीहरु आफ्नो घर फर्केर राम्रोसँग व्यवस्थित हुन नपाउँदै इजरायलले फेरि आक्रमण सुरु गरेपछि उनीहरु युद्धको चपेटामा परेका छन् । युद्धविरामको अवधिमा शान्त बनेको गाजा फेरि अशान्त र रणभूमिमा परिणत भएको छ । गाजामा जारी युद्ध कहिले, कुन रुपमा अन्त्य हुन्छ भन्ने विषय पनि तत्कालको अवस्थामा अनिश्चित रहेको छ ।