Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

धनुषामा तस्करको गोदाममा प्रहरीको छापा, हवाई फायर गरेर १४ बोरा सामान बरामद


 धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका ६ स्थित भन्सार छलीकाे सामानकाे गोदाममा प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर संजिव यादवको नेतृत्वमा प्रहरी टोली भन्सार छलीको सामान राखेको सुराकी पाएपछि गोदाममा छापा मार्न गएका थिए । तर, स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्दै अवरोध गर्न खोजेको थियो ।

प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए । उनले बद्री यादवको घरमा रहेको गोदामबाट १४ बोरा अबैध सामान बरामद भएको जानकारी दिए ।