काठमाडौं—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डले गएका निर्वाचनहरूमा कांग्रेस र एमालेसँग सहकार्य गर्दा आफ्नो पार्टीलाई घाटा भएको कुरा अहिले प्रमाणित भएको बताएका छन् ।
पार्टीको जिल्ला समन्वय समिति, बाराले आयोजना गरेको तराई–मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले गत उपनिर्वाचन र अहिले जारी स्ववियु निर्वाचनको परिणामले उक्त अवस्था देखाएको जिकिर गरे । प्रचण्डले एमाले र कांग्रेसले अब माओवादी केन्द्र आफ्नौ खुट्टामा उभिन सक्दैन भनेर स्थापना गर्न थालेको भाष्य गलत सावित भएको पनि बताए ।
अध्यक्ष प्रचण्डले सरकारका गलत क्रियाकलापको फाइदा उठाएर प्रतिगामी शक्तिहरुले टाउको उठाउने दुस्साहस गरेको टिप्पणी गरे ।


प्रतिक्रिया