काठमाडौं—सरकारले नयाँ बजेटका लागि गृहकार्य तिब्र पारेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनुपर्ने र त्यसअघि संसदमा बजेट छलफल चलाउनुपर्ने समायवधी नजिकिएसँगै नयाँ बजेटका लागि अर्थ मन्त्रालयले गृहकार्यलाई तिब्र पारेको हो ।
अर्थ मन्त्रालयका अधिकारीहरुकाअनुसार अहिले मन्त्रालयगत छलफललाई अन्तिम चरणमा पु¥याइएको छ । फागुनको अन्तिमसातादेखि अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल थालेको थियो ।
जसअन्तर्गत हालसम्म गृह मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उर्जा तथा जलस्रोत, स्वास्थ्य तथा जनसंख्या, उद्योग वाणिज्य, खानेपानी तथा सरसफाई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विभागीय मन्त्री, सो मातहतका निकायका अधिकारीहरुसँग आगामी बजेटका बारेमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित बजेट लेखन समितिले छलफल सकिसकेको छ ।
प्रतिक्रिया