Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

पूर्वराजाको बदनामीमा उत्रिए शीर्ष नेता, प्रचण्डको हदैसम्मको आरोप


पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा वतर्मान व्यवस्था र राजनीतिक दलमाथि धावा बोलेपछि सुरु भएको तरंग अझै कायम छ । त्यसको प्रभावले सडकदेखि सदनसम्मैको माहोल तातिरहेको छ । राजावादीले शक्ति प्रदर्शन गर्दा गणतन्त्र पक्षधरहरु पनि भिड्न तयार भएका छन् । फलतः राजावादी र गणतन्त्रवादीहरु एकले अर्कालाई हदैसम्मको गिराउने खालका टिकाटिप्पणी र आलोचनामा प्रस्तुत भइरहेका छन् ।

गायक दुर्गेश थापाको ‘राजा हो राजा, बजाइ दिन्छ बाजा’ भन्ने गीत अवश्य सुन्नु भएको होला । वास्तवमा राजा भनेका राजा नै हुँदा रहेछन्, भन्ने जेनजी पुस्ताले पछिल्ला केही दिनको नेपाली राजनीतिमा देखिएको हलचल रतरंगले राम्रैसँग बुझे ।एक महिनाअघि फागुन ७ गतेप्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको दश मिनेट लामो अभिव्यक्तिले संघीयताको रसपानमा मग्न राजनीतिक दलका नेता तथा सांसदहरुको निद हराम भएको देखिन्छ ।अचम्मको विषय त के छ भने सामान्य नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्रको चर्चा देश भित्र मात्र नभइ देश बाहिर पनि उत्तिकै मात्रामा भयो । दक्षिणी छिमेक भारतदेखि अन्तर्राष्ट्रिय मिडियामा यो विषयले राम्रै स्थान पायो । जुन चर्चा नेपालमा सरकार बन्दा वा ढल्दा पनि उति हुने गरेको छैन ।

राजाको एक वक्तव्यले धेरैले जागिर पाए र आफूलाई खाँटी गणतन्त्रवादी हुँ भन्ने प्रमाणित गर्ने होडबाजी नै चल्यो । संघीयताको सुगन्धमा मधहोस् भएका गणतन्त्रवादी नेताहरुलाई पूर्वराजाको एउटा बोलीले झस्काइदियो ।अहिले उनीहरु तँ भन्दा म के कम भन्दै राजा र राजतन्त्रलाई दुत्कारीरहेका छन् । साथै गणतन्त्रलाई यो नै लोकतन्त्रको अन्तिम विकल्प भएको भाष्य जबरजस्त रुपमा स्थापित गर्न लागिपरेका छन् । राष्ट्रिय सभा सदस्य कृष्ण सिटौलाले राजालाई चुनौती दिँदै तत्कालीन राजगद्दी छोड्दा भएको सहमतिको साक्षी आफू भएको र ती सबै कुरा खोल्ने चेतावनी दिए । उनलेपूर्वराजालाई जनता उचाल्ने काम नगरी आफ्नो ठाउँमा बस्न आग्रहसमेत गरे ।

यता,संघीय लोकतान्त्रिक गणतन्त्रको चास्नीमा डुबुल्की मारिरहेको राप्रपा र राजावादीहरु पनि पूर्वराजाकै बोली कुरिरहेको जस्तो गरीज्ञानेन्द्रको अभिव्यक्ति पछि वर्षा याममा सल्बलाउने जुका जस्तैसल्बलाएका छन् । पूर्वराजाको वक्तव्यपछि हौसिएका उनीहरु तत्काल राजतन्त्र फर्किहाल्ने र राजा राजगद्दीमा विराजमान भइहाल्ने जस्तो हर्कत देखाइरहेका छन् । यसको पहिलो पंक्तिमा कमान्ड गरिरहेका छन् अभियन्ता हुँदै राजावादी भएर सांसद बनेका राप्रपाका प्रवक्तासमेत रहेका ज्ञानेन्द्र शाही ।

गणतन्त्रवादी र राजतन्त्रवादीहरुबीच पछिल्लो एक महिनादेखि आरोपप्रत्यारोपको श्रृंखला निरन्तर चलिरहेको छ । यसबाट नेताहरुले बोल्ने विषय पाएका छन् भने पूर्वराजा ज्ञानेन्द्रको निःशुल्क रुपमा ब्रान्डिङ भइरहेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि उत्तेजित भाषण गर्दै आएका छन् । राजावादीलाई काउन्टर दिन तम्सिएका उनले तल्लो स्तरको अभिव्यक्तिदिन पनि पछि परेका छैनन् ।सिन्धुपाल्चोक पुगेर पूर्वराजालाई मूर्ति चोर र भाइमारा भनेका प्रचण्डले सोमबार काठमाडौंमा भएको एक पुस्तक विमोचन कार्यक्रममा विगतमा राजा महाराजाहरु वेश्यालय गएर अन्तर्राष्ट्रिय स्तरमा देशको बेइज्जत गराएको आरोप लगाए ।

यस्तै सोमबारै राजसंस्था पक्षधरहरूले राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरेका छन् ।पत्रकार सम्मेलन गरी ८६ वर्षे नवराज सुवेदीको अध्यक्षतामा संयुक्त जनआन्दोलन समिति गठन गर्नुकासाथै उनीहरूले विभिन्न प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् । सुवेदी राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्षसमेत हुन् । उनले सबैलाई एक ठाउँमा ल्याएर राजसंस्था पुनःस्थापना गरिने बताए।

समितिको सदस्य सचिवमा रवीन्द्र मिश्ररहेका छन् भने सदस्यहरूमा पशुपति शम्शेर जबरा, डा. प्रकाश चन्द्र लोहनी, कमल थापा, राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईं, अस्मिता भण्डारी, हरिबहादुर बस्नेत, केशर बहादुर बिष्ट र रमा सिंह छन्।यसैगरी समितिमा पाँच जना सल्लाहकार समिति पनि गठन गरिएको छ, जसको सल्लाहकारमा डा. जगमान गुरुङ्ग, बुद्धिराज बज्राचार्य, डा. शास्त्रदत्त पन्त, डा. राजेश अहिराज र खेमराज सेडाइँ छन्। तर सदस्यमा नाम उल्लेख गरिएका राजावादी अभियन्ता केशरबहादुर विष्टसँगै लिङ्देन र थापाले आफूलाई यस समिति गठनबारे कुनै जानकारी नभएको भन्दै यस्तो समितिमा आफूहरू नबस्ने स्पष्ट पारेका छन् । सल्लाहकार समितिमा राखिएका राजेश अहिराजले पनि आफूलाई नसोधी नाम राखिएको भन्दै आपत्ति जनाएका छन् ।

यसले जुट्न नपाउँदै राजावादी समूहमा फुटको अवस्थासमेत देखिएको छ । यता गणतन्त्र पक्षधरहरु पनि एकढिक्का भएर राष्ट्रिय सरकार गठन गर्ने आन्तरिक तयारीमा जुटेको चर्चा छ । तर, माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस एमालेसँग तत्काल मिल्ने र सरकारमा जाने पार्टीको कुनै नीति नभएको प्रष्ट्याएका छन् । यद्यपि, माओवादीसहितका वाम घटक सम्मिलित समाजवादी मोर्चाले यही चैत १५ गते काठमामाडौंमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । जसबाट अझै केही समय देशमा गणतन्त्रवादी र राजावादीबीच एकले अर्कालाई कमजोर बनाउने खेल चल्ने देखिन्छ ।