Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

स्ववियु चुनाव : पाटन क्याम्पसमा झडप हुँदा अनेरास्ववियुका ४ जना घाइते


काठमाडौं—पाटन संयुक्त क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो । झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका हुन् । त्यस्तै राजीव अधिकारी, समिक राई लगायतका नेताहरू समेत घाइते भएका छन् ।

अनेरास्ववियु अध्यक्ष समिक बडालले फर्जी मतदाता बनाएर मतदान गराएकोमा त्यसलाई रोक्न खोज्दा नेविसंघले आक्रमण गरेको बताए । फर्जी मतदाता सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूलाई कडा कारबाही गर्न माग गरे । गुण्डागर्दी बन्द गर्न र नगरे अनेरास्ववियु कडा भन्दा कडा प्रतिवादमा उत्रिने चेतावनी दिए ।