Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अन्तर्राष्ट्रिय

जापानले बनायो पानीमा घुल्ने र उर्बराशक्ति बढाउने प्लास्टिक


जापानका अनुसन्धानकर्ताले पानी र माटोमा घुल्ने वातावरणमैत्री प्लास्टिकको विकास गरेका छन् । यो नवीनतम आविष्कारले प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने मात्र नभई, जलवायु परिवर्तन नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।प्लास्टिकका कारण समुद्रको पारिस्थितिक प्रणालीमा गम्भिर समस्या झेलिरहेका देशहरुलाई कोसेढुंगा सावित हुने ठानिएको छ ।जापानको ‘राइकेन सेन्टर फर इमरजेन्ट म्याटर साइन्स’ का अनुसन्धानकर्ताहरूले नयाँ जैविक प्लास्टिक विकास गरेका हुन् ।

जुन समुद्रको पानीमा केही घण्टाभित्रै घुल्नेछ । यो प्लास्टिक बलियो रहेको र यसलाई प्याकेजिङ सामग्रीदेखि लिएर चिकित्सा उपकरणहरूसम्म प्रयोग गर्न सकिने वैज्ञानिकहरुको दाबी छ ।