Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अन्तर्राष्ट्रिय

हुथी मिलिशियाविरुद्ध सैन्य कारबाही गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश


काठमाडौं—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकी सेनालाई यमनमा हुथी मिलिशियाविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही शुरु गर्न आदेश दिएको बताएका छन् ।

समूहले अमेरिकी र अन्य जहाज, विमान र ड्रोनहरू विरुद्ध डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएको आरोप ट्रम्पको छ । ट्रम्पले अमेरिकी जहाजहरूमा हुथीहरूको आक्रमण सहन गर्न नसकिने बताए । आफूहरुको उद्देश्य प्राप्त नगरेसम्म अत्यधिक घातक शक्ति प्रयोग गर्ने ट्रम्पले बताएका छन् ।