काठमाडौं—‘सगरमाथा संवाद’ मा विश्वका ३ सय ५० भन्दा बढी राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिव दुई महिना बढीको समय बाँकी रहँदा आईतवार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो । आगामी वर्ष २०८२ को जेठ २—४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न ३ सय ५० भन्दा बढी देशका सरकार प्रमुखहरुलाई निम्तो पठाइने बताउनु भयो । सरकारले निम्तो पठाइएकामध्ये डेढ सय भन्दा बढी देशका राष्ट्र प्रमुखहरु सहभागी हुने अपेक्षा गरेको बताउनु भयो । निम्तो दिनका लागि विदेशस्थित नेपाली राजदुतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका राजदुतावासलाई प्रयोग गरिएको बताए ।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई अघि बढाएको बताए । जलवायु परिर्वतनबाट भएको हानी तथा नोक्शानीबारे आवाज उठाइरहेको बताए।
प्रतिक्रिया