देश

स्युचाटारको एक घरमा आगलागी, १५ लाख बराबरको क्षति


काठमाडौंको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति भएको आगलागिबाट १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । विद्युत् चुहिएर आगो लागेको प्रहरीको भनाई छ ।

स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगो निभाउन कठिनाई भए पनि चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन् ।

आगलागीबाट अन्न, काठका फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुडा जलेका छन् ।