काठमाडौं । समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्नका लागि भन्दै जनसमुदायसँग एकजुट हुन अपील गरेको छ ।
आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकजुट भइ प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्न जनसमुदायसँग अपिल गरेको हो । पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रुपमा निर्माण नगरिएको बताए ।
समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीहरुको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्नेकुरा गलत भएको र यसअघि पनि आफूहरुले विभिन्न कार्यक्रम गरेको बताए ।
यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्नुपर्ने जरुरी रहेको बताए ।उनले सामन्तवादी व्यवस्थामा जाने कुरा सह्य नहुने बताए । अध्यक्ष नेपालले व्यवस्था बदल्न चाहनेहरु प्रतिगमनतिर नभएर अग्रगमनतिर आउनुपर्ने बताउनु भयो ।।
प्रतिक्रिया