पाँचथर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा र रकम दिने अभ्यास कानुन बनाएर रोक्नुपर्ने बताए ।
पाँचथर जिल्लामा आज आयोजित कार्यक्रममा उनले राज्यकोषबाट पैसा बाँड्ने नभइ पैसा वितरण रोक्ने कानुन बनाउनुपर्ने बताए । पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने सम्बन्धमा सरकारले कानुन तर्जुमा गर्न लागेको भन्दै चौतर्फी विरोध भइरहँदा थापाको यस्तो प्रतिक्रिया आएको हो ।
महामन्त्री थापाल पूर्वविशिष्टहरूलाई सेवा सुविधा दिनेबारे सरकारले जनतामा स्पष्ट पार्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया