बाँकेको डुडुवा गाउँपालिका हिरमिनियास्थित जयन्दु बाल सुधार गृह तनावग्रस्त बनेको छ ।
बन्दीहरुबीच आपसमा कुटपिट भएपछि गएरातिदेखि नै बाल सुधार गृह तनावग्रस्त बनेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार आपसमा कुटाकुट गरी बालगृहमा रहेका दर्जनौं जना बालबन्दीहरू घाइते भएको छन् ।
बालगृहमा बालबन्दीहरूबीच कुटाकुट भएपछि नियन्त्रणका लागि गएका प्रहरीमाथि इँटा प्रहार गरेपछि आज बिहान केही प्रहरी पनि घाइते भएका छन् । उक्त सुधार गृहमा कुल २५० जना बालबन्दी छन् ।।
प्रतिक्रिया