Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

अमेरिकाले गर्‍यो दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला


अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई निष्कासित गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे जानकारी दिँदै दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोप लगाएका छन् ।

रुबियोले एक्समा लेखेका छन्, ‘दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देश अमेरिकामा स्वागत छैन। इब्राहिम रसूल जातिवादी राजनीतिज्ञ हुन्, जसले अमेरिका र अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन् ।’

उनले अगाडि थपेका छन्, ‘हाम अब उनीसँग कुनै कुरा गर्ने छैनौं, त्यसैले उनलाई अस्वीकार्य व्यक्ति मानिएको छ।’

अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावको बीच अमेरिकाले यो कदम चालेको हो ।