काठमाडौं – योहो टेलिभिजनका सम्पादक जीवराम भण्डारी सम्मनित भएका छन् । मिडिया नेपालले आफ्नो नबौँ वर्षिकोत्सवका अवसरमा तीन दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भण्डारीसहित चार जनालाई सम्मान गरेको हो ।
इमेज टेलिभिजनकी गृष्मा राजभण्डारी, उपत्यका प्रसारक मञ्चका अध्यक्ष आरके श्रेष्ठ र एभिन्यूज टेलिभिजनका भाष्करराज राजकर्णिकार पनि सम्मानित भएका छन् । उनीहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लङदेन र पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सम्मान गरेका थिए ।
प्रतिक्रिया