काठमाडौं—मुख्यपात्र नै लाखापाखा लाग्दानेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीचको भिडन्त जारी छ । कांग्रेस महामन्त्री गगन थापा र रास्वपा सभापति रवि लामिछानेबीचको प्रतिस्पर्धाबाट शुरु भएको यो श्रृंखला रोकिने छाँट नदेखिएको हो ।
बरु यो अन्य नेताहरुमा सर्दा चिहानको जग्गा नेपाली कांग्रेसका नेताहरुले हडपेको प्रकरणसम्म पुगेको छ । अर्थात रास्वपा सांसदहरूले नेपाल सरकारको नाममा रहेको काठमाडौंको लोकतान्त्रिक चोकको जग्गा नेपाली कांग्रेसका नेताले कब्जा गरेको आरोप लगाएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ स्थित लोकतान्त्रिक चोकको मचागा (नेवार समुदायको चिहान रहेको जग्गा) कांग्रेस नेताले कब्जा गरेको आरोप लगाएका थिए ।
प्रतिक्रिया