Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

होलीको रङले रंगिएको काठमाडौं, बसन्तपुर र दरबारमार्गमा यस्तो देखियो, ठाउँ ठाउँमा चेकिङ(भिडियो)


फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होली । विहीवार काठमाडौ उपत्यकासहित हिमाली र पहाडी जिल्लाहरुमा धुमधामका साथ होली पर्व मनाइएको छ । एकअर्कालाई रङ दलेर खुसियाली साटासाट गर्दै होली मनाउने प्रचलन छ । काठमाडौंका चोक–चोक, गल्ली–गल्लीमा सर्वसाधरणको बाक्लो उपस्थितिले होली थप भव्य र हर्षोउल्लास बनाएको थियो । बिहानैदेखि काठमाडौंको बसन्तपुर, न्यूरोड, ठमेल, दरबारमार्ग क्षेत्रमा युवाहरुको घुँइचो देखिन्थ्यो ।

धार्मिक तथा शास्त्रीय पर्वको रुपमा समेत परिचित होली पर्वले विदेशी पर्यटकलाईसमेत आकर्षण गर्ने गरेको छ । नेपाल घुम्न आएका विभिन्न मुलुकका पर्यटकहरु सेतो पहिरनमा सजिएर रंगहरुसँग रमाउँदै होली उत्सव झुमिरहेका थिए ।