काठमाडौं—माओवादीसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दै छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने मोर्चाको सचिवालय सदस्य एवं नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार यही चैत १५ गते काठमाडौँमा गरिने विरोध प्रदर्शनको तयारीबारे बैठकमा छलफल हुनेछ । मोर्चाले व्यवस्था माथि चुनौती थपिएको भन्दै गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
राजावादी सक्रिय भएपछि मोर्चाले प्रदर्शनको मिति अघि सारेको हो । यसअघि मोर्चाले चैत २४ गते प्रदर्शन गर्ने निर्णय गरेको थियो । मोर्चाले शनिबार काठमाडौंमा बौद्धिक वर्गसँग अन्तक्र्रिया कार्यक्रमसमेत गर्दै छ ।
प्रतिक्रिया