Breaking

आत्तिएका प्रचण्डको आक्रोश, राजा हौसिएपछि कांग्रेससँग मागे जवाफ, ८ महिनामा ओलीले खतम पारे (भिडियो)


काठमाडौं—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका लागि देशका लगभग हरेक ढुंगामा जनताको रगत बगेको भन्दै त्यो कुरा नबिर्सन चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले जनताको बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदै आएको बताए ।

उनले सरकारमा बसेकाहरूलाई प्रश्न गर्दै हरेक वर्ग र समुदायले अब आन्दोलनबाहेक अरू विकल्पै देख्न छाडेको हो ? सरकारले जनतासँग संवाद गर्ने सामथ्र्य गुमाएको हो कि संवाद गर्न नचाहेको हो ? जनताको नजरमा सरकारको विश्वसनीयता र सरकारसँग संवादको औचित्य नै समाप्त भएको हो ? भनेर प्रश्न गरे ।