राजनीति

एमाले–राजावादीको भिडन्त : आदित्यको तस्बिर लफडाको चिरफार


आइतबार पोखराबाट काठमाडौं फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादी संघ–संगठनले गरेको स्वागत ¥यालीमा उल्लेख्य संख्यामा नागरिकको उपस्थितिले गणतन्त्रवादीहरुको मथिगंल हल्लिएको छ । यसलाई छिमेकी मुलुक भारतको पहलमा राजावादीहरु हौसिएको अर्थमा हेरिँदा राजावादीले भने स्वस्फूर्त राजाको पक्षमा जनलहर उर्लिएको दाबी गरेको छ ।


यो तस्बिरलाई एक पटक ध्यान दिएर हेर्नुहोस् त, यो फागुन २५ गते आइतबार पोखराबाट काठमाडौं फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा बाइक ¥यालीमा सहभागीहरुले बोकेको तस्बिर हो । जहाँ एकातर्फ पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर छ भने अर्कोतर्फ भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको हो । पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न स्वस्फूर्त रुपमा नागरिक सहभागी भएको भनिएको ¥यालीमा कसरी र केका लागि भारतीय जनता पार्टीका धार्मिक नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर समावेश गरियो ?यो हाल रहस्यको विषय बनेको छ ।

तर, योगी आदित्यनाथको तस्बिरलाई लिएर सत्तारुढ नेकपा एमालेका केही नेताले भने राजावादीहरुको प्रदर्शनमाथि प्रश्न उठाएका छन् । एमाले नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो फेसबुक पेजमा बाइक ¥यालीमा देखिएकोयोगी आदित्यनाथ र राजा ज्ञानेन्द्र शाहको तस्बिर पोष्ट गर्दैउनलेलेखेका छन्,‘राष्ट्रवादी महोदयहरुले ¥यालीमा प्रयोग गरेका यी दुई फोटाहरु’ ।रिमालले फेसबुक पेजमा उक्त तस्बिर राखेसँगैसन्चार माध्यमहरुमा समेत स्थान पायो भने यो विषयले सनसनी नै मच्चायो । रिमालले उक्त फोटो पोष्ट गरेको केही समयमा राप्रपाका प्रवक्तासमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सन्जाल फेसबुकमै काउन्टर जवाफ दिएका छन् ।

उनले पूर्वराजालाई स्वागत गर्न आयोजित ¥यालीमा सहभागीले बोकेको आदित्यनाथको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले नेता रिमालले राख्न लगाएको गम्भीर आरोपसमेत लगाए । नेपाली राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई प्रभावित पार्न यस्तो कुकर्म गर्न थालेछन् भन्दै शाहीले रिमालमाथि उल्टै फायर खोले । शाहीले आदित्यनाथको फोटो राप्रपा र कुनै पनि राजावादी समूहले नराखेको र आफूहरुलाई बदनाम गर्न सत्तारुढ एमालेबाटै षड्यन्त्र गरिएको आरोप लगाए । शाहीको यो जवाफले आक्रोशित एमाले नेता रिमालले फेरि अर्को स्टाटस लेख्दै आगोमा घिउ थप्ने काम गरे ।

उनले कांक्रो चोरको एउटा लोकोक्तिको प्रसंग जोड्दै शाहीलाई चोर र दलालको संज्ञा दिन भ्याए । काँक्रा चोरहरुले काँक्रा चोरेर खाएपछि पोल खुल्ने डरले हत्तपत्त अर्काको गालामा बियाँ टाँसेर कुलेलाम ठोक्ने भन्दै शाहीमाथि रिमालले आफैँ आदित्यनाथको तस्बिर राख्ने र आलोचना खेप्नु परेपछि एमालेलाई दोष थोपरेको अर्थमा आरोप लगाए । उनले अगाडि भनेका छन्, ‘डिसईन्फरमेसनको सहारामा एक्सिडेन्ट्ली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो। यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५÷५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल–जवाफ गर्नु छैन । कसले कहाँ के गर्दैछ– समाचार त आएकै छ नि !’

उनीहरुबीचको यो जुहारीले एकले अर्कालाई हिलो छ्याप्दैमा आफूचोखो भइँदैन भन्ने कुरालाई भने भुलेका छन् । आफू सत्य बन्नका लागि तथ्यको उत्खनन् गर्नु आवश्यक छ । तर, राप्रपा प्रवक्ता शाहीले भने पूर्वराजाको स्वागतमा सहभागी भिड भारतबाट परिचालित भएको भन्ने आरोप र आदित्यनाथको तस्बिरको विषयमा खण्डन गरेका छन् ।

्योगी आदित्यनाथको तस्बिर राखिएको विषयमा अहिले विभिन्न तर्क र प्रश्न उब्जिएको छ ।

राजतन्त्र पक्षधरहरुले यसलाई नियोजित रुपमा उपस्थित जनसागरलाई गलत प्रवाह गर्नका लागि गणतन्त्रवादीहरुले गरेको षडयन्त्रको रुपमा व्याख्या गरेका छन् । गणतन्त्रवादी र राजतन्त्र विरोधीहरुले यो भिड भारतकै ग्रान्ड डिजाइनमा उपस्थित भएको दाबी गरिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्रभुटान र भारतको भ्रमण पछि हौसिएको भन्ने गणतन्त्रवादीको आरोपमाकेही बल पुग्ने देखिन्छ । प्रधानमन्त्री ओलीलेसमेत पूर्वराजाको स्वागतका क्रममा आदित्यनाथको तस्बिर प्रयोग भएको विषयलाई लिएर टिप्पणी गरेका छन् । गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एउटा जुलुस निकाल्न पनि विदेशीको तस्बिर राख्नु पर्ने नाजुक अवस्थामा आफूहरु नरहेको टिप्पणी गरे । उनले अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने फुर्सद आफूहरुलाई नभएको बताएका छन् ।

आइतबार राप्रपालगायत राजावादी संघ–संगठनले गरेको पूर्वराजाको स्वागत ¥यालीमा उल्लेख्य संख्यामा जनसमर्थन देखिनुलाई अहिलेको व्यवस्था र राजनीतिक नेतृत्वप्रति बढ्दो निराशाको परिणामका रुपमा विश्लेषण भइरहेको छ । यो भिडलाई देशी, विदेशी शक्तिले दुरुपयोग गरी देशमा आन्तरिक द्वन्द्व सिर्जना गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेकाले सरकार र राजनीतिक दलहरु पनि त्यति नै सचेत रहनु पर्ने आवश्यकता रहेको विज्ञहरुको सुझाव छ ।