राजा फर्काउने उद्देश्यसहित सडकमा आएका राजावादीहरु स्वागत र अभिनन्दन मै सीमित बनेका छन् । जसले उनीहरुका कार्यक्रम नै मौसमी बन्दा उद्देश्य र रणनीतिको घनत्व नै प्रश्नमा छ । पूर्वराजा ज्ञानेन्द्रको स्वागतपछि सुनसान अवस्था यसैको एक उदाहरण बन्दा के उनीहरु बेतुकको शक्ति प्रदर्शन गरिरहेका छन् त ?
पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने नाममा काठमाडौंमा शक्ति प्रदर्शन गरेको राजावादीहरु अलमल मै पुगेका छन् । व्यवस्था नै फर्किएला झैसडकमा उत्रिएर ज्ञानेन्द्रलाईनिर्मलनिवाससम्मै पुर्याएका उनीहरु सुनसान छन्भने यस्तै घटनाक्रमले राजावादीको आन्दोनको घनत्वमै प्रश्नसमेत उठेको छ । अर्थात राजा फर्काउने उनीहरुका सपना नौ दिनमा नौलो बिस दिनमा बिर्सिएकै अवस्थामा रहँदा बर्सेनि राप्रपा र राजासमर्थकहरुले आन्दोलनको सिजन इन्जोय गर्ने गरेका हुन् । अर्कातर्फ उनीहरुकासँग न त राजा फिर्तीको खाका नै छ न त चमत्कार हुने आशा नै छ । केवल राजा फिर्तीमात्र एजेण्डा र मौसमी आन्दोलनमा मात्र सक्रिय उनीहरुमा जस लिने होडसमेत उस्तै छ ।
यसैको उदाहरण ज्ञानेन्द्रलाई स्वागत गर्ने कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नजाने भन्दै मिडिया ट्रयाल नै भएको थियो । त्यस्तै दुर्गा प्रसाईंर ज्ञानेन्द्र शाही केन्द्रभागमा रहँदा नयाँ राजावादी स्वागत नेपालको चहलपहल कम थिएन । जहाँ गणतन्त्रवादीको चकचकीका बेलासमेत संसदमै भिडेर राजतन्त्रको मुद्दा कायम राख्ने कमल थापा भने नेपथ्यमा सीमित बनेकाछन् । यता राजनीतिक विश्लेषकहरु समेत कुनै व्यवस्था परिवर्तन हुन यस्ता आन्दोलन पर्याप्त नहुने तर्क गर्छन् ।
भीड भेला पार्ने गाडीबाट हात हल्लाएर हलचल आउने चलचित्रमा मात्रै काम लाग्ने बताउने उनीहरु निर्णायक आन्दोलनका लागि युद्धस्तरमै खटिने युवा शक्ति देशमै नभएको टिप्पणी गर्छन् । दश वर्षे शसस्त्र युद्ध,१९ दिनसम्म लगातार आन्दोनल,सातै दलदेखि बौद्धिक समाजसमेत सडकमा गएको तथा अन्तर्राष्ट्रिय साथ सहयोग रहेपछि मात्र बल्ल राजतन्त्र हटेको विगत सम्झिदै उनीहरु भीआईपी आन्दोलनले निष्कर्ष नदिने बताउँछन् ।
हुन पनि संसदमै राप्रपा १४ सिटमा सीमित छ भने हिन्दुधर्मका पक्षमा देखिएकाहरुले समेत कुन तहसम्म राजावादीलाई साथ दिन्छन् यसै भन्न सकिने अवस्था छैन । यसको अर्थ यसको तार भारतीय चासोसम्म जोडिँदा न त नागरिक रक्तपात स्वीकार्न सक्ने अवस्थामा छन् न त सडकमै गएर लाठ्ठी खानसक्ने गिरिजाप्रसाद कोइरालाको जति त्याग राप्रपाकै नेताहरुले गर्न सक्छन् ।
भिड्न तम्मतयार देखिने सानो झुण्ड दुर्गा प्रसाईं र आन्दोलनका अभियन्ताहरुको देखिँदा स्वयम् प्रसाईंले कुन दिन ज्ञानेन्द्रलाई नै फेरि गाली गर्न थाल्ने हुन यसै भन्न सक्ने अवस्था छैन । यद्यपि राप्रपा महामन्त्री कुन्ती शाही भने यो ट्रेलरमात्र भएको बताउँछिन् । यो कुनै आन्दोलन नभएको तथा राजा फर्काउने निर्णायक आन्दोलन चैत्रमा हुने बताउने शाही राजतन्त्रका समर्थकहरु एक ठाँउमै रहेको दाबी गर्छिन् ।
यो बाहेक बालेन्द्र शाह,हर्क साम्पाङ,गोपी हमाल र रवि लामिछाने जस्तालाई विकल्प देख्नेहरुसमेत छन् । त्यस्तै पुराना दलमा समेत युवा भनिएका र आशा गरिएका व्यक्ति नेतृत्वमा आए पार्टीमा देखिएको निराशा कम हुने अवस्था छ ।
यसले लोकतन्त्रमा देखिएको घाउमा लोकतन्त्रले नै मलम लगाउने उक्ति चरितार्थ हुने अवस्था रहँदा परम्परागत शक्तिको निश्चित समर्थक रहने उदाहरण विश्वका धेरै देशमा छन् । जसले अहिले केहि मोटाएको राप्रपा ९ प्रतिशतसम्म पुग्ने सम्भावना ज्युँदो रहँदा राजावादीको हौसलासमेत बतासे आन्दोलनलाई उक्साउनेभन्दा माथिको नभएको प्रष्ट छ ।


प्रतिक्रिया