राजनीति

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै


काठमाडौं—राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकमा संवैधानिक आयोगहरूको पुनरावलोकनबारे छलफल हुने कार्यसूची छ । संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्ने भनिएका आयोगबारे विज्ञहरूको धारणा लिइने समितिले जनाएको छ ।