Breaking

पूर्वराजाले ल्याएको हचलच, एमाले–कांग्रेसले भिड्न ललकारे, देश निकाला गर्नेसम्मको धम्की (भिडियो)


काठमाडौं—पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनलाई स्वागत गर्न देखिएको भिडले देशमा राजतन्त्र नै फर्किन लागेको जसरी बहस हुन थालेको छ । प्रजातन्त्र दिवसका अवसरमा उनले दिएको अभिव्यक्तिपछि हौसिएका राजावादीकाबीच ज्ञानेन्द्रले स्वीकार गरेको नागरिक अभिनन्दलेसमेत उनी उचित समयको पर्खाइमा रहेको प्रष्ट पारेको छ ।

जहाँ राजनीतिक दलका केही नेताको व्यवहार र कार्यशैलीप्रति देखिएको असन्तुष्टि,भूराजनीतिक कारण तथा उनको शासन नभोगेका पुस्ताको बढ्दो बाहुल्यताले समेत राजावादीहरु आशावादी देखिन्छन् । जहाँ ११ वर्षमै राजतन्त्र फर्किएको बेलायत,४९ वर्षपछि राजतन्त्र फर्किएको स्पेन तथा कम्बोडियाकानरोद्धम सिंहानुकको उदाहरण दिँदै राजवादीहरु नेपालमा पनि राजतन्त्र फर्किने सम्भावनाको कुरा गरिरहेका छन् ।

त्यस्तै यसैलाई आधार बनाएर राजावादी शक्तिहरु सडक केन्द्रित बन्दा सरकारले सुरक्षा व्यवस्था कडा पार्नेदेखि गणतन्त्रवादीहरुले कडा अभिव्यक्ति दिने क्रम बढ्दो छ । जहाँ सत्तापक्ष कांग्रेस–एमाले र प्रतिपक्ष माओवादीले पूर्वराजा ज्ञानेन्द्र शाहले अराजक गतिविधि गरे त्यसको प्रतिवाद गर्ने चेतावनी नै दिएका छन् ।