समाचार

ज्ञानेन्द्रले दिल जिते, गणतन्त्रवादी ड्यामेज, गगन–योगेश–रामकुमारी चुपचाप, भिड्न डराएकै हुन् ?(भिडियो)


काठमाडौं—जनतामा छाएको निराशाबाट हौसिएर शक्ति प्रर्दशनमै राजावादी उत्रिदा पनि आफूलाई उग्र गणतन्त्रवादी ठान्ने केही शक्तिशाली युवा नेताहरु यतिबेला चुपचाप छन् । सुरुवातमा चर्चा गरौं गगन थापाको ।गणतन्त्रका लागि ढुंगा खाँदै राजद्रोहकोसमेत मुद्दा खेपेका गगन थापा अहिले कांगे्रसका महामन्त्री मात्रै छैनन्, सत्ता संयन्त्रको सन्तुलन मिलाउने मामिलामा विश्वासिला पात्रका रुपमा आफूलाई उभ्याएका छन् ।

आफूहरुले नै ल्याएको गणतन्त्रमाथि राजावादीहरुले धावा बोल्दै व्यवस्थामाथि नै चुनौती दिँदा पनि गगन थापा चुपचाप रहनुलाई आश्चर्य मानिएको छ । जहाँ आइतबार राजावादीको शक्ति प्रर्दशनले देशमै तरंग ल्याउँदा गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने सानेपामा मिसन रोजगारीमा व्यस्त थिए । गणतन्त्र स्थापनाका लागि निर्णायक मानिएको विद्यार्थी आन्दोलनमा रामकुमारी झाँक्री पनि अग्रणी भूमिकामा थिइन् ।

त्यसक्रममा दमनमा परी रगताम्यसमेत भएकी उनले विद्यार्थी आन्दोलनमा खेलेको भूमिकाले गणतन्त्रको जग बसाउन एउटा इट्टा थप्ने काम गरेकै थियो ।
हाल नेकपा (एकीकृत समाजवादी) की नेतृसमेत रहेकी उनी आफैँले ल्याएको व्यवस्थामा राजावादीले प्रश्न उठाउँदा मौन मात्रै बसेकी छैनन् कि आइतबार कर्णाली फिल्म फेस्टिबलमा व्यस्त थिइन् । गणतन्त्रका लागि उही भूमिका निभाएका, एकै दौँतरी नेकपा एमालेका सचिव योगेश भट्टराई पनि अहिले चुपचाप छन् ।