समाचार

पूर्वराजाको भिड थाम्न प्रहरीलाई हम्मेहम्मे, ओलीविरुद्ध चर्को नारा, प्रहरी चुप, यसरी पुर्याए निर्मल निवास (भिडियो)


काठमाडौं—एअरपोर्टदेखि निर्मल निवासम्मको पाँच किलोमिटर सडकमा सर्वसाधारणको लाम । एकातर्फ सवारी साधनको चाप, अर्कोतर्फ भीड व्यवस्थापन गर्नुपर्ने चुनौती । आजभन्दा ८ हजार ६८२ दिन अगाडि (१६ वर्ष पहिले) राजा ज्ञानेन्द्र शाहलाई हुत्याउन हजारौँ जनता सडकमा उर्लिएका थिए ।

आज उनै ज्ञानेन्द्रलाई स्वागत गर्न हजारौँको संख्यामा जनलहर देखियो । अर्थात, २०६२÷०६२ को आन्दोलनपछि पहिलोपटक देखिएको यति ठूलो जनलहर नियन्त्रण गर्न प्रहरीलाई कम्ती चुनौती थिएन । तर, सबै पक्ष संयमित बन्दा कुनै अवान्छित गतिविधि भने हुन पाएन ।

पोखराबाट आएका पूर्वराजा शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किँदा होहल्लाले गौशाला गुञ्जिएको थियो । बाक्लो उपस्थितिका बीच नागरिकहरुको सुरक्षा गर्दै पूर्वराजालाई स्कर्टिङ गर्नुपर्ने बाध्यता र चेपुवामा प्रहरी रहँदा अवान्छित ठूला घटना भने भएन भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी हुँदासमेत प्रहरी संयमित बन्यो ।