Breaking

पूर्वराजाको गतिविधिलाई लिएर राष्ट्रिय सभामा चर्को आलोचना


काठमाडौं—पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर राष्ट्रिय सभामा चर्को आलोचना भएको छ । सांसदहरूले राजवादी गतिविधिमा आपत्ति मात्रै जनाएका छैनन् । नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले प्राप्त उपलब्धीको रक्षार्थ सबै परिवर्तनकारी शक्ति एक हुन आवश्यक रहेको बताइन् । संघीय लोकतान्त्रिक गणतन्त्र लामो संघर्ष गरेर प्राप्त भएको ख्याल गर्न र यसअनुसारको व्यवहार प्रदर्शन गर्न आवश्यक रहेको उनले बताइन् ।

नेकपा एकीकृत समाजवादीकै सांसद उदयबहादुर बोहरा लोकतन्त्रमाथिको प्रहार सैह्य नहुने चेतावनी दिए । तर, सरकार गम्भीर नभएको भन्ने उनको आशंका छ । सरकार र मन्त्रीहरूको कार्यशैलीले प्रश्न उठाएको तर, त्यो प्रश्न व्यवस्थासँग सम्बन्धित नरहेको उनको भनाइ छ । सरकारले कार्यशैली सच्याएर गलत प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने उनको आग्रह छ ।