काठमाडौं—गत माघ २७ गते पोखरा आएका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किदैछन् । उनी समिट एयरको चार्टर्ड विमानमार्फत आज दिउँसो काठमाडौं प्रस्थान गर्नेछन् । काठमाडौंमा पूूर्वराजालाई स्वागत गर्न हजारौंको संस्थामा राजावादी उपस्थित भइसकेका छन् । पोखरामा भने भिडभाड हुने कार्यक्रम नराखिएको राप्रपाले जनाएको छ । पूर्वराजाको विदाईमा सामान्य शुभयात्रा कार्यक्रम राखिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
पूर्वराजाको शुभयात्राका लागि दुबोको माला लगाईदिएर दहीको ठेकी दिएर पञ्जेबाजासहित प्रस्तुत हुने गिरीले बताए । स्वस्फुर्त रुपमा सहभागी हुनेलाई आउन दिने भएपनि भिडभाड हुने खालको कार्यक्रम नगरिएको गिरीको भनाई छ ।


प्रतिक्रिया