काठमाडौं—गत असारमा नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओलीले प्रधानमन्त्रीको बाग्डोर सम्हाल्न पुगेपछि नेपाल विद्युत् प्राधिकरणसँग निरन्तर भिडिरहेका छन् । अझ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि त प्रधानमन्त्री ओली र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का जानी दुश्मनकै रुपमा उत्रिरहेका छन् ।
ओली प्रधानमन्त्री भएदेखि कुलमानलाई हटाउन अनवरत रूपमा लागेको सरकार अब भने आफ्नो रणनीतिमा सफलता निकट देखिएको छ । यस आठ महिनाको अवधिमा विभित्र प्रपञ्च रचेर प्राधिकरणबाट बाहिरको बाटो देखाउने असफल प्रयास गरिरहेको सरकारले मन्त्रिपरिषद्बाट नै घिसिङलाई बिदाई गर्ने तयारी थालेको हो ।
मन्त्रिपरिषद्बाट नै नियुक्त भएका घिसिङलाई सरकारले मन्त्रिपरिषद् बैठकबाटै स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनी हट्ने निश्चित जस्तै भएको हो ।


प्रतिक्रिया