Breaking

स्थानीयको विरोधपछि रोकियो नागढुंगा सुरुङमार्गको काम


 काठमाडौं – धादिङको धुनिवेशी नगरपालिकाका स्थानीयले विरोध गरेपछि नागढुङ्गा सुरुङमार्गको काम रोकिएको छ ।

गत असोजको दोस्रो साता आएको बाढीको कारणले एक स्थानीयको घर चर्किएको थियो ।

सोही घरका धनीसहित अन्य स्थानीयले सोमबार सुरुङमार्ग निर्माणस्थलमै पुगेर काममा रोक लगाएका हुन् । उनीहरूले क्षतिपूर्ती माग पनि गरेका छन् ।

‘स्थानीयको विरोधपछि आज बिहानैबाट काम रोकिएको छ । स्थानीयहरूले सुरुङमार्ग आयोजनाको कारण घर चर्किएको भन्दै क्षतिपूर्ती माग गरिरहेका छन्,’ नागढुङ्गा सुरुङमार्ग आयोजनाका सिनियर डिभिज्नल इन्जिनियर सञ्जय पन्थीले भने,  ‘यता ठेकेदार पक्ष जापानीज कम्पनी भने उक्त कुरा स्वीकार गरिरहेको छैन । हामीले विभागमा पनि जानकारी गराएका छौं तर काम अगाडि बढ्न सकेको छैन ।’