Breaking

हृदयघातपछि पूर्वयुवराज पारस नर्भिकमा, अवस्था खतरामुक्त


पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । आइतबार साँझ हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

हाल काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उनको उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको निकट स्रोतले बतायो ।

पारसलाई यसअघि पनि हृदयघात भएको थियो ।