काठमाडौं—युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तिक्तिएको सम्बन्ध सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। युरोपेली नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै जेलेन्स्कीले सम्बन्ध सुधार गर्न सक्ने तर त्यसका लागि छलफल बन्द कोठामा हुनुपर्ने बताएका हुन्।
गत शुक्रबार ट्रम्प र जेलेन्स्कीबीच राष्ट्रपति स्तरमा सौहार्दपूर्ण वातावरणमा छलफल भइरहँदा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हस्तक्षेप गर्दा माहोल बिग्रिएको थियो । भान्स सिनेटर हुँदैदेखि जेलेन्स्कीका विरोधी हुन्।
अमेरिकामा चर्काचर्की परेपछि सिधै बेलायत पुगेका जेलेन्स्कीले ट्रम्पसँग फेरि वार्ता हुन सके सम्बन्ध सुधार गर्नेसक्ने दाबी गरेका हुन्।अमेरिका सभ्य संसारको नेता भएका कारण पनि उसले युक्रेनलाई सहयोग बन्द नगर्ने पनि जेलेन्स्कीले विश्वास लिए । अमेरिकासँग खनिज सम्झौताका लागि आफू अझै पनि तयार भएको पनि जेलेन्स्कीले बताएका छन्।
प्रतिक्रिया