अन्तर्राष्ट्रिय

ट्रम्प र जेलेन्स्की भिड्दा विश्व विभाजित, पुटिन मख्ख, अमेरिकामै ट्रम्पको विरोध, बेलायतको अर्बौं सहयोग (भिडियो)


काठमाडौं—गत शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिकी राष्ट्रपति कार्यालयको ओभल अफिसमा भएको वार्तापछि विश्व समुदाय नै तरंगित भएको छ । ट्रम्प र जेलेन्स्कीबीचको वार्ताले अप्रत्यासित मोड लिँदा रुस–युक्रेन युद्ध फेरि अनिश्चितता तर्फ मोडिएको छ । यसैबीच दुई नेताको वाक् युद्धबारे विश्वभरका नेताहरूबाट विभिन्न प्रतिक्रिया आइरहेका छन् । विशेष गरेर अपमानित भएर ह्वाइट हाउसबाट जेलेन्स्की बाहिरिएको विषयलाई लिएर अमेरिकामै समेत विरोध भइरहेको छ ।