Breaking

प्रहरीको नयाँ IGP को ?, देउवा ओली कसको भागमा पर्ला ? तीन जनामा को अब्बल ?(भिडियो)


काठमाडौं—अबको करिब तीन साता पछि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउँदै छ । अभिव्यक्तिका कारण होस् वा कार्यशैलीकै कारण किन नहोस्, प्रहरी सङ्गठनलाई इतिहासकै सबैभन्दा बढी विवादित बनाएका हालका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको ३० वर्षे समयावधि चैत ५ गते सकिँदै छ । अनिवार्य अवकाशमा जान लागेका उनको यो दुई वर्षे कार्यकालमा भताभुङ्ग भएको प्रहरी सङ्गठनको कमाण्ड सम्हाल्न तीन जान अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) प्रतिष्पर्धामा छन् । आईजीपी बत्र केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)का प्रमुख दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआईजी सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङको रस्साकस्सी छ ।