काठमाडौं—जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस– नेकपा एमाले गठबन्धनको सरकार असक्षम सावित भइसकेको टिप्पणी गरेका छन् । आज पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी केन्द्रिय कमिटिको बैठकमा राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रश्तावहरु प्रश्तुत गर्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारप्रति जनतामा नैरास्यता बढ्दो क्रममा रहेको उनको भनाइ छ । अध्यक्ष यादवले सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरु नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिदा पनि त्यसविरुद्ध सरकार मौन रहेको आरोप लगाए ।
उजले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको उल्लेख गरे ।
अध्यक्ष यादवले संसद अधिवेशन आह्वान गर्नुपर्ने बेलामा महत्वपूर्ण कानूनहरु अध्यादेशमार्फत ल्याउनु सरकारको स्वार्थ देखिएको आरोप लगए।


प्रतिक्रिया