समाचार

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी


काठमाडौं—सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयको ८प्रधानमन्त्री रोजगार शाखा, पूर्वाधार शाखा रहेको एक घरमा आगलागी भएको छ । आज दिउँसो करिब एक बजे कार्यालयको माथिल्लो तलामा आगो लागेको हो ।

माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । हावा अहिले पनि चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन् । तर गाउँपालिकामा दमकल नहुँदा आगो निभाउन समस्या भएको छ ।