काठमाडौं—संघीय निजामति विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभाअन्तर्गतको संसदीय उपसमितिले लोकसेवा आयोगसँग छलफल गरेको छ । उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसमितिका संयोजक एवं नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय निजामति सेवा ऐनको तयारीमा आफूहरु लागिरहेको र संघीय निजामति सेवा ऐनको गठन, सञ्चालन, सेवा र शर्तका सम्बन्धमा प्रश्तावित विधेयकमा धेरै छलफल भइसकेको बताए।
अहिले आएको विधेयक धेरै पक्षलाई समेटेर आएको उल्लेख गर्दै यसलाई टुंग्याउन केही विवादित विषयहरु देखिन थालेपछि आन्तरिक गृहकार्य गरेको बताउनु भयो । सांसद बडूले संघमा तहगत र श्रेणी एकसाथ जानेगरी सहमति गरेको पनि बताए ।


प्रतिक्रिया